झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, अस्पलता भर्ना


पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनीको निकट स्रोतले जनायो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।