कवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण गएराति २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेको हेटौँडा अस्पतालले पुष्टि गरेको छ । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारका क्रममा उनीहरुको मृत्यु भएको डा. श्रेष्ठले जानकारी दिएका छन।
मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक २ जनाको स्वास्थ्यमा स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।














प्रतिक्रिया