नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजेको टिप्पणी गर्नुभएको छ । आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा रहेकाले भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजेको टिप्पणी गर्नुभएको हो । नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको उहाले बताउनुभयो ।
ओलीले सरकारले नारायणहिटीलाई निल्न खोजेको र जनता कराएपछि भाग्न बाध्य भएको उल्लेख गर्नुभयो ।त्यस्तै उहाले जनादेशबाट परमादेश भएको यो ‘म्यादी सरकार’ भएको भन्दै अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउने धारणा राख्नुभयो ।














प्रतिक्रिया