प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता


काठमाडौँ , १फाल्गुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

आइतबार सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग प्रस्तावमाथि ९८ जना सांसदहरुको हस्ताक्षर दर्ता भएको छ ।

सरकारमा मन्त्रीको भागबण्डा खोजेको भन्दै विवादित बनेका प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एशोशियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ ।