काठमाडौँ , ९ फाल्गुन । नेकपा कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव ले एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेस र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिएका छन् ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चन्दले भने, “सिद्धान्ततः हामी विदेशी सहयोग, अनुदानको विरोधी होइनौं । तर राष्ट्रघाती प्रावधान नभएको भए एमसीसी देशको हितमा उपयोग गर्न पनि सकिन्थ्यो । तर विश्व राजनीतिको अन्तरविरोधमा खेल्ने र नेपाललाई स्वार्थअनुकूल प्रयोग गर्न खोजेकाले यसको लोकतन्त्रवादी र प्रगतिशील शक्ति लामो समयदेखि प्रतिरोधमा छन् । यथास्थितिमा एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेसले दुर्दशा भोग्नुपर्ने हुन्छ । र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने भोग्ने सम्भावना हुन्छ । देशले पनि दुःख पाउँछ ।”














प्रतिक्रिया