सर्लाही जिल्लाको बरहथवा भरिका स्काउट युनिट संचालित विधालयकास्काउट बिद्यार्थीहरुको दिक्षान्त समारोह गत शनिबार सकिएको छ । हजरिया स्कुल ट्रुप,मुक्तेश्वर स्काउट ग्रुप,हरपुर्वा स्काउट ग्रुप, सुर्याेदय स्काउट ट्रुप तथ चक्र जनता स्काउट ग्रुप गरी ५ वटा बिद्यालयका १३९ जना बिद्यार्थीहरु उक्त समारोहबाट दिक्षित भएका हुन।
कार्यक्रम नगर संयाेजक देव कुमार महताेकाे अध्यक्षता तथा नेपाल स्काउट बरथवा नगरपालिकाका प्रमुख सितादेवि माझिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे। विभिन्न युनिटबाट सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएका साे कार्यक्रममा नगरपालिका प्रमुख प्रशाषकिय प्रमुख मदन कुमार थापा,नेपाल स्काउट प्रदेश सदस्य गंगा प्रसाद मैनालि, दिलिप प्रसाद उपाध्याय, प्रअ किरण यादव आदिले स्काउटकाे महत्वमाथी प्रकाश पारेका थिए।
फोटो फिचर:
प्रतिक्रिया