ट्राफिक प्रहरीको कान चेकजाँच गरि मनाईयो ‘विश्व श्रवण दिवस’ (फोटो फिचर)


काठमाडौँ , २० फाल्गुन । बिहिबार विश्व हियरिङ्ग डे अन्तराष्ट्रिय श्रवण दिवस सातदोबाटोमा तलितपुरका ट्राफिक प्रहरी कर्मचारिहरुको कानको चेक जाँच गरि मनाइएको छ । सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी परिसरमा उक्त कार्यक्रमको आयोजना गरि मनाइएको सातदोबाटोका इन्चार्ज इन्स्पेक्टर नरेश बहादुर शाहिले जानकारि दिएका छन् ।

कार्यक्रम स्वर्णिम सहारा धुम्वाराहीको समन्वयमा नेत्र वीपी प्रतिष्ठान बाल आँखा, कान, नाक र घाँटी अस्पताल एवम् पुनस्थापना सेवा लोकन्थली भक्तपुरको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले आयोजना गरेको जनाइको छ ।

लामो समय ड्युटिको सिलसिलामा सडकमा उभिंदा र विभिन्न सवारी साधनहरुबाट निस्किएको ध्वनीले ट्राफिक प्रहरी कर्मचारिहरुको कानमा प्रत्यक्ष असर पर्ने भएकोले आज थर्ड मार्च विश्व श्रवण दिवसको अवसर पारेर ललितपुर जिल्लाका ट्राफिक प्रहरी क्रमचारीहरुको कान चेक जाँचको आयोजना गरिएको महानगरीय ट्रफिक प्रहरी परिसर प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताएका छन् ।

हामीले सरिरका अन्य अङ्गहरु र अन्य रोगका बारेमा सामान्यतया बेला बेला चेकजाँच गराइरहेका हुन्छौं, तर कानको नियमित चेकजाँच गरेको पाइदैन । श्रवण शक्ति भनेको हाम्रो जीवनको अत्यन्तै महत्वपूर्ण कुरा हो । यसमा हामीले हेलचक्र्याइँ गर्नु हुँदैन, वीपी नेत्र प्रतिष्ठानका नाक, कान घाँटी रोग विशेषज्ञ डाक्टर प्रशान्त पौडेलले बताएका छन् । वल्ड हियरिङ्ग डे विश्व श्रवण दिवस हरेक वर्ष मार्चको ३ तारिखमा विश्वभर मनाउने गरिएको छ ।

                                   फोटो : सरोज गिरी