मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको सानदार जित


फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लोरिएन्टलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई सानदार जित दिलाउनको लागि नेयमार र एमबाप्पेले समन दुई–दुई गोल गरे । एक गोल लियोनेल मेस्सीले थपे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । खेलको १२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले एमबाप्पेको पासमा गोल गरेका थिए । २८औं मिनेटमा एमबाप्पेले इड्रिुा गाना गुआईको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एमबाप्पेले अचरफ हाकिमीको पासमा गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए ।

७३औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा एमबाप्पेकै पासमा नेयमारले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक पुगेको छ । पिएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ ।