गभर्नर निलम्बन प्रकरणमा नाम जोडिएर आएको समाचारप्रति चौधरी ग्रुपले निकाल्यो विज्ञप्ती


नेपालकै प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदमुक्तिका लागि सरकारले सुरु गरेको न्यायिक छानबिनमा आफूसँग जोडेर अतिरञ्जित प्रचार भएको भन्दै आपत्ति जनाएको छ । आज (सोमबार) चौधरी ग्रुपले एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेको हो । उसले आफ्नो समूहसँग जोडेर आएको समाचार नै निराधार रहेको स्पष्ट पारेको छ ।

उक्त समूहले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा आएका अनेक तर्कहरुमध्ये एउटा तर्क चौधरी ग्रुपसँग पनि जोडेर आएकोप्रति हाम्रो ध्यानाकार्षण भएको छ, जुन विल्कुल निराधार छ । हामीलाई लाग्छ यो समाचार पढेर स्वयम गभर्नर र अर्थमन्त्रीपनि अचम्मित हुनुभएको होला ।’