चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ । उनका अनुसार गत आवमा नौ लाख ८० हजार १७० ले केबुलकारबाट यात्रा गरेकोमा दुई लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए । भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो ।
अघिल्लो आव २०७३÷०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए । जुन १३ दशमलब ९३ प्रतिशत हो । कायस्थले वर्षेनी भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या एक प्रतिशत हाराहारी छ ।
प्रतिक्रिया