बाजुरामा आज दिउँसो साढे ३ बजे मतगणना सुरू हुँदैछ । बिहीबार जिल्लामा बसेको सर्वदलीय बैठकमा सहमतिपछि मतगणना सुरू हुने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले दिउँसो साढे तीन बजे मतगणना सुरू हुने जानकारी दिएका छन् ।
यसअघि ४ मंसिरमा विवादका कारण भएका घटनाका कारण मतगणना सुरू हुन सकेको थिएन । घटनाबारे बुझ्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको थियो ।
टोलीले त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरू गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । तर, बुधबार बैठकमा दलहरु सहभागी नभएपछि मतगणना सुरू गर्न ढिलाई भएको हो ।
प्रतिक्रिया