उपत्यकामा रहेका यातायात कार्यालयहरूबाट बिचौलियासहित १५ जना पक्राउ परेका छन्।
यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलिया र नक्कली परिक्षार्थी दुई गरी १५ जना सोमबार पक्राउ परेका हुन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परीक्षा दिन आएका तथा परीक्षा दिन पठाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया