वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण रहेको बताएका छन् । १३ करोड रुपैयाँको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेर बहराइनबाट स्वदेश फर्किएपछि डा. रुइतले बुधबार राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भन्ने प्रश्नको जवाफमा आफूले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।
‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’ रुइतले भने ।
प्रतिक्रिया