ओमान बिरुद्धको खेलमा नेपालको विस्फोटक ब्याटिङ, नेपालले दियो १८५ रनको बिशाल लक्ष्य


अनलाइन टिभी नेपाल काठमाडौं, टि–२० विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपालले ओमानलाई १८५ रनको बिशाल लक्ष्य दिएको छ ।

टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झा र रोहित पौडेलको विस्फोटक ब्याटिङ मदतमा नेपालले १८४ रनको बिशाल योगफल तयार गरेको गरेको । नेपालका लागी गुल्शन र रोहीतले अर्धसतक बनाए । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।