एनपीएलको तेस्रो संस्करणअघि त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री बनाइँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ। एनपीएलका खेललाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रियस्तरको बनाउन मैदानको भौतिक पूर्वाधार तथा प्रविधिको प्रयोगमा सुधार गर्ने तयारी भइरहेको हो। प्रतियोगितालाई लक्षित गर्दै क्यानले मैदान व्यवस्थापन, दर्शक सुविधा तथा…