अस्पतालको झ्यालबाट हाम फालेका बिरामीको मृत्यु


चितवन- चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा अस्पतालको झ्यालबाट हाम फालेका बिरामीको मृत्यु भएको छ।

पिसाब थैलीको क्यान्सर सम्बन्धी उपचारका लागि नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा बिहीबार अस्पतालमा भर्ना भएका थिए।

बुधबार बिहान १०ः४० बजे अस्पतालको ‘ए’ ब्लकको तेस्रो तल्लाको झ्यालबाट खसेका उनलाई तत्काल उपचारका लागि सोही अस्पतालको इमरजेन्सी कक्षमा पुर्‍याइएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।