काठमाडौं– काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने थालेपछि स्थानीयहरुले विरोध सुरु गरेका छन् । महानगरपालिकाले भने ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ । साथै त्यहाँ आन्दोलन दबाउन प्रहरी पनि परिचालन गरिएको छ ।
यही साता उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाका लागि काम नियमित गर्न बाटो खुलेको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्ने क्रम रोकेर सडक डिभिजनले कालोपत्र गरेको थियो ।यता सडक डिभिजनले भने सडक साँघुरो गर्न नहुने भन्दै फुटपाथ विस्तारको कामलाई रोकेको थियो । अदालतको आदेशपछि शुक्रबार महानगरले फुटपाथ विस्थार गर्ने क्रममा स्थानीयहरुले नै अवरोध गरेका हु्न् ।
प्रतिक्रिया