काठमाडौँ । इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि करिब २ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखीको खरानीका कारण २ हजारभन्दा बढी उडान प्रभावित भएका छन्।
शुक्रबार रातिदेखि विस्फोट भइरहेको ज्वालामुखीबाट ठूलो मात्रामा खरानी निस्किएपछि जकार्तासहित चार विमानस्थलको सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित भएको छ।
विमानस्थलमा उडानको जानकारी लिन र टिकट फिर्ताका लागि यात्रुको भीड लागेको छ। ज्वालामुखीको असरले हवाई यातायातसँगै विद्यालय, जलयातायात र ढुवानी सेवासमेत प्रभावित भएका छन्।



















प्रतिक्रिया