काठमाडौं– बङ्गलादेशमा राष्ट्रपतिको कार्यालयले राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै संसद् विघटन भएको जानकारी दिएका हुन् ।
पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। आन्दोलनकारी विद्यार्थी नेताहरूले भने सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गर्दै तत्काल संसद् विघटन गर्न माग गर्दै आएका थिए।
विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्।
प्रतिक्रिया