काठमाडौं– साउन महिनाको अन्तिम सोमबारमा आज भारतको एक मन्दिरमा भक्तजनहरुको भागदौड भएको छ । भागदौडमा कम्तीमा सातजनाको मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन्।
बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडमा परेर उनीहरुको मृत्यु भएको हो ।
हाल घटना नियन्त्रणमा आएको छ। जेहानाबादका जिल्ला प्रशासक अलंकृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताएकी छन्।
मृतक ७ जनाको शव विहारको जेहानाबाद सदर अस्पतालमा ल्याइएको छ । घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ।
भागदौड कसरी सुरू भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारीक जानकारी प्राप्त हुनसकेको छैन। प्रत्यक्षदर्शीले भने प्रशासनको लापरबाहीका कारण घटना भएको बताइका छन् । भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ ।
जेहानाबादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएका छन्।
प्रतिक्रिया