ललितपुर– थाइराइडको क्यान्सरको उपचार गराइरहेकी एक महिला अस्पतालको तेस्रो तलाबाट हाम फालेकी छिन् । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएकी महिला शनिबार अस्पतालबाट हामफालेकी महिलाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
साउन २४ देखि क्यान्सर अस्पतालमा उपचाररत उनी शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुइँमा हाम फालेकी थिइन् ।
प्रतिक्रिया