कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ भएकोबारे प्रदेश सभा सचिवालयले निकाल्यो सूचना

936
Shares

विराटनगर– कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे कोशी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।

लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उक्त सूचनामा उल्लेख छ । सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले उक्त सूचना जारी गरेका हुन् ।

अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ ।