काठमाडौं– यदी तपाईं ह्वाट्सएप, फेसबुक जस्ता एप चलाउनुहुन्छ भने ख्याल राख्नुहोस्, अब नयाँ वर्ष सुरु भएसँगै केही फोनमा यी एप नचल्ने भएका छन् ।
आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड र आइफोन मोबाइलमा ह्वाट्सएप र फेसबुक नचल्ने भएका हुन् । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन) मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।
यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम
१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।
सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।
मोटोरोला: माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।
एचटीसी: वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।
एलजी: अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।
सोनी: एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।
एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
प्रतिक्रिया