काठमाडौं – ललितपुर प्रेस सेन्टरको अध्यक्षमा दीपक अर्याल र उपाध्यक्षमा उषा काफ्ले चयन ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर शाखाको पाँचौं अधिवेशन सम्पन्न गर्दै अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन्। बिहीबार सम्पन्न अधिवेशनबाट अर्यालसहित अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।
उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् भने सचिवमा सागर देवकोटा, सह–सचिवहरूमा विसु गुरुङ र रोसन लामा तामाङ चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी मन बहादुर विकलाई दिइएको छ। त्यसैगरी, सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायतका सदस्य चयन भएका छन्।
विशेष उपस्थिति कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनेश महर्जन (दिपेश), प्रेस सेन्टरका संस्थापक मनऋषि धिताललगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। पोखरेल र दाहाललाई सम्मान अधिवेशनको अवसरमा नेपालखबरकर्मी जनार्दन पोखरेललाई ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार–२०८०’ र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश अध्यक्ष नवराज दाहाललाई ‘कृष्ण सेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०८०’ बाट नगदसहित सम्मान गरिएको थियो।
सात पत्रकारलाई सम्मान त्यसैगरी, पत्रकारहरू सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ, राममणि घिमिरे, र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष सापकोटाले प्रेस सेन्टरका क्रान्तिकारी चरित्र र श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने भूमिकाको प्रशंसा गर्दै राज्यलाई समाजवादतर्फ लैजान पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।
प्रतिक्रिया