सामाजिक अभियन्ता आफूलाई बताउने आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। प्रहरीका अनुसार, बुधबार दिउँसो काठमाडौंको स्वयम्भू क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले यो जानकारी दिएका छन्।
२४ पुसमा तामाङको समूहले पशुपति विकास कोषको कार्यालयमा विरोध प्रदर्शन गरेको थियो, जस क्रममा उनले ड्युटीमा रहेका प्रहरीमाथि अपशब्द प्रयोग गरेकी थिइन्। यस कारण उनलाई अभद्र व्यवहारको मुद्दामा नियन्त्रणमा लिइएको हो। एसपी अधिकारीका अनुसार, तामाङलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको छ।
प्रतिक्रिया