अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। अदालतले भनेको छ कि यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा, भने भोलिदेखि प्रतिबन्ध लागू हुनेछ।
सर्वोच्च अदालतको फैसलापछि अमेरिकी सरकार अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाबाट हटाउने तयारीमा छ। यो निर्णय अमेरिकी राष्ट्रपति जो बाइडेनको टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको समर्थनमा आएको हो।
फैसलापछि टिकटकले विज्ञप्ति जारी गर्दै भन्यो कि यदि अमेरिकी सरकारले कुनै आश्वासन र स्पष्टता नदिएको खण्डमा, उनीहरू जनवरी १९ देखि अमेरिकामा आफ्नो गतिविधि बन्द गर्न बाध्य हुनेछन्।
यसै क्रममा, धेरैको ध्यान नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियातर्फ मोडिएको छ। ट्रम्प, जसले पहिलो कार्यकालमा टिकटकमाथि कडा दृष्टिकोण अपनाएका थिए, अहिले भने प्रतिबन्ध नलगाउने पक्षमा रहेका छन्। ट्रम्पले टिकटकका मालिकसँग कुराकानी पनि गरिसकेका छन्।
प्रतिक्रिया