शोभितको ‘पीआर’मा अडिसनबाट छानिए ५ कलाकार



निर्देशक शोभित बस्नेत नयाँ फिल्म निर्माणको तयारीमा छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्म ‘पीआर’को छायांकन अष्ट्रेलियामा हुँदैछ । अष्ट्रेलियामा ७५ र नेपालमा २५ प्रतिशत यो फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ ।

यसैबिच, यो फिल्मका लागि नयाँ पाँच अनुहार फाइनल गरिएको छ । अष्ट्रेलियामा नै अडिसन गरेर कलाकारहरु फाइनल गरिएको निर्माणपक्षले बताएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा रञ्जित शाह र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता छन् ।

फेब्रुअरीको ११ तारिखबाट छायांकनमा जान लागेको यो फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई पोस्टरमा खुशीको भावमा प्रस्तुत गरिएको छ ।

सबै कलाकारहरुलाई अडिसनबाट छानिएको निर्माणपक्षले बताएको छ । फिल्ममा प्रदिप दाहाल र लक्ष्मण सापकोटा निर्मिाता, गणेश केसी कार्यकारी निर्माताको रुपमा छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश वुढाथोकीको पटकथा तथा संवाद यो फिल्ममा छ ।