वि.सं २०२८ सालमा निर्माण भएर वि.सं २०३० सालमा रिलिजमा आएको ऐतिहासिक फिल्म ‘मनको बाँध’को नाम सापटी लिदै फिल्म निर्माण हुने भएको छ । यो फिल्मलाई युवराज कार्कीले निर्देशन गर्न लागेका हुन् ।
लामो समयदेखि प्रोडक्सन डिजाइनरको रुपमा कार्यरत युवराज अब फिल्म निर्देशनमा आउन लागेका हुन् । श्रीत फिल्मस् र नटरास क्रियशनले संयुक्त रुपमा निर्माण गर्ने फिल्मका लागि कलाकारहरु भने खुलाइएको छैन ।
युवराजले फिल्म ‘के घर के डेरा र के घर के डेरा २’मा कार्यकारी निर्माताको रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन् । यो फिल्मले ग्रामिण जीवनका संघर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाको बिषयलाई उठान गर्ने बताइएको छ ।
यो फिल्मले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रुपमा चित्रण गर्ने दाबी निर्देशक कार्कीको छ ।
एउटा इतिहास बोकेको फिल्मको नाममा नयाँ कथा लिएर काम गर्न युवराजलाई चुनौती छ । यो चुनौती आफूले पुरा गर्नेमा उनी विश्वस्त देखिएका छन् ।
प्रतिक्रिया