सुरेन्द्रले घोषणा गरे ‘वरिष्ठ बलराम’, दया र विजय देखिदै



फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा यो फिल्म घोषणा गरिएको हो । महेश दवाडीले यो फिल्मको पटकथा लेखिरहेका छन् । फिल्मको छायांकन फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा नायक दयाहाङ राई र कलाकार विजय बराल मुख्य भूमिकामा रहनेछन् । यो फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने योजना निर्माणपक्षको छ । तर, मिति भने तोकिएको छैन ।

फिल्मका लागि को नायिका हुने छिन्, खुलेको छैन । केही दिनमै फिल्मको टिजर सार्वजनिक गर्दै थप कलाकारको नाम बताउने योजना निर्माणपक्षको छ । फिल्मको छायांकन तराइका विभिन्न स्थानमा हुनेछ ।

वृषम सिद्धी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमुलक मनोरञ्जन दिने विश्वास गरिएको छ ।