बिबेकको मृत्युपछि सिरजना सुवेदीले आफ्नो जन्मदिनमा लेखिन् दुनियालाई रुवाउने स्टाटस


काठमाण्डौ – सिरजना सुवेदीले आफ्नो जन्मदिनको अवसरमा लेखेको यो भावनात्मक रचना प्रेम, सम्झना, र अधूरे वाचाहरूको गहिराइलाई उजागर गर्छ।

उनी आकाशको सबैभन्दा चम्किलो तारालाई हेर्दै भन्छिन्—”के तिमी त्यो टिमटिमाउने तारा हौ, जुन सधैं त्यसको छेउमै रहन्छ?” लाखौं ताराहरूको बीचमा तिमीले आफ्नो साथी छानेका छौ, ठीक त्यस्तै जसरी मेरो जीवनका सबै रहस्यहरू चम्किलो ताराले बुझ्छ, र तिमीले मलाई।


हिजो तिमी बेसरी टिमटिमाइरहेका थियौ, लाग्यो मायाले कुनै रमाइलो कुरा सुनाएको हुनुपर्छ। तर, आज कालो बादलले आकाशलाई ढाकेपछि, लाग्यो—शायद तिमीले मायासँग भनेका छौ, “आज उनको जन्मदिन हो, जससँग जन्मभरै जन्मदिन मनाउने वाचा गरेको थिएँ, तर त्यो पूरा गर्न सकिन!”


अब तिमी तल हेर, त्यो सहरको उराठलाग्दो गल्लीमा उभिएको रंग उडेको सेतो मकान। भत्किन लागिसकेको बार्दली, जहाँ सेता परेवा ओत लागेर बसेका छन्। र, त्यसै बार्दलीको पछाडि, एक टक मलाई हेरिरहेकी मेरी उनी…!
💫 बिबेक पंगेनीको हस्ताक्षरले संकेत गर्छ कि यो शब्दहरूमा प्रेम, विछोड, र अधूरोपनको गहिरो अनुभूति समेटिएको छ।