नायिका आँचल शर्मा अभिनित फिल्म ‘दुःखी आत्मा’ फागुनको २ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको चर्चा परिचर्चा आफ्नै तरिकाले भइरहेको छ । फिल्मको बिषयवस्तुले दर्शकको ध्यान तानेको छ ।
तर, आँचल शर्मा यो फिल्मको बिषयलाई लिएर भइरहेको चर्चा देखेर अचम्मित छिन् । उनी भन्छिन्–‘मलाई फिल्मको बिषयवस्तुलाई लिएर जुन तरिकाले मानिसहरु अचम्मित भएको पाउँछु, आफै छक्क पर्छु । किनकी, यो फिल्मको बिषयवस्तुलाई लिएर यत्रो बहस हुन किन जरुरी छ र भन्ने लाग्छ ।’
आँचलले यो फिल्मको प्रचार सामाग्रीमा देखाइएको बिषयले बहस ज्यादा भएको बताइन् । तर, फिल्मले एउटा नयाँ कथा उठान गरेको र यो कथा उठाउनै पर्ने खालको रहेको उनको भनाई छ ।
सुरुवातमा आँचललाई यो फिल्ममा काम गर्दा प्रतिक्रिया कस्तो आउला भन्ने लागेको थियो । तर, निर्देशक दीपेन्द्र लामाबाट पुरा कथा सुनेपछि आँचललाई यो फिल्ममा काम गर्नुपर्छ भन्ने लागेको हो ।
उनी भन्छिन्–‘४–५ वर्षका बालिकालाई महिनावारीको बारेमा जानकारी दिएर हुँदैन । जब यो पिरियड आउँछ अनी त्यसको बारेमा जानकारी दिन आवश्यक छ । दुखी आत्माले उठाएको बिषय पनि यस्तै हो । यो बिषय १८ भन्दा तलका लागि आवश्यक छैन भन्ने भएर नै यसलाई एडल्ट कथावस्तु भनिएको हो ।’
आँचलले यो कथा ४० वर्ष भन्दा माथिका मानिसहरुका लागि अझै भन्नुपर्ने तर्क गरिन् ।
यो फिल्मले कुनै पनि सन्देश नदिने भएको भए पनि एडल्ट मात्र भयो भनेर कुरा गर्नु स्वभाविक थियो । तर, यो फिल्मले सन्देश दिने भएकाले पनि अनावश्यक चर्चा गर्न आवश्यक नभएको आँचलको भनाई छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया