बक्स अफिसमा ४८ करोड माथिको ग्रस कलेक्शन गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको सय दिन मनाएको छ ।
आज देशका विभिन्न हलमा यो फिल्मले सय दिनको रेकर्ड राखेको हो । लामो समयपछि नेपाली बक्स अफिसमा यो खालको रेकर्ड देखिएको हो ।
फिल्मको टिमले प्रदर्शनको ८८ औं दिनमा सफलता पार्टीको समेत आयोजना गरेको थियो ।
यो फिल्मले सय दिन मनाएको अवसरमा फ्रेन्ड्स सिनेमाले सय रुपैयाँमा नै फिल्म हेर्न पाउने अफर ल्याएको छ ।
विनोद पौडेलले निर्माण गरेको यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । यो फिल्ममा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अञ्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।
नेपाली फिल्म क्षेत्रमा पहिले पहिले सय दिन मनाउने फिल्मको संख्या राम्रै हुन्थ्यो । तर, हलको संख्या बढेसँगै नेपालमा सय दिन मनाउने फिल्मको संख्या निकै कम देखिन्छ ।
प्रतिक्रिया