‘लाज शरणम्’को ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक



फिल्म ‘लाज शरणम्’को निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको छ । निर्माणपक्षले ‘हेर्दा हेर्दैमा’ बोलको प्रमोशनल गीत सार्वजनिक गरेको हो । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको गीत दर्शकको मुखमा झुन्डिने खालको छ ।

यो गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको यो गीतमा आनन्द अधिकारीको शब्द रचना छ । कृष्ण भारध्वाजले यो गीतमा संगीत भरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मोडल माला लिम्बु, गजित बिष्टसँगै फिल्मका मुख्य कलाकारहरु देखिएका छन् ।

गीतमा सिताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतलाई देख्न सकिन्छ ।

कुमार कट्टेलको निर्देशनमा यो फिल्म बनेको हो । जेपिटी क्रियशनको व्यानरमा निर्माण भएको फिल्ममा नविन श्रेष्ठको लगानी छ । फिल्ममा राम नरेश शाह र श्रृजना खड्का सह–निर्माताको रुपमा छन् ।