काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनका समर्थकहरूले खुसीयाली मनाएका छन्। केही समर्थकहरू खुसीका बीच अदालत आसपासको क्षेत्रमा भालेसमेत बोकेर पुगेका थिए।
सो क्रममा, समर्थकहरूले रवि लामिछानेको पक्षमा नाराबाजी पनि गरेका थिए। चितवन, लामिछानेको निर्वाचन क्षेत्र समेत रहेकोले यहाँका समर्थकहरूको उत्साह स्पष्ट देखिन्थ्यो।
साहारा सहकारी ठगी प्रकरणमा अदालतले बिहीबार लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
प्रतिक्रिया