फिल्म ‘हरि बहादुरको जुत्ता’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु भएको केही दिनमै यसको निर्माणपक्षले रिलिज मिति तय गरेको हो । यो फिल्मलाई आउँदो वर्षको फूलपातिमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा छायांकन भइरहेको यो फिल्मले आउँदो वर्षको दशैं नै रोजेपछि निर्माताहरु बिच ठूलै भिडन्त हुने देखिएको छ । यो मितिमा अन्य केही फिल्मको पनि प्रदर्शन मिति तय भइसकेको छ ।
फिल्मका लेखक तथा कलाकार हरिवंश आचार्यले सामाजिक संजालमा लेखेका छन्–‘हरिबहादुरको पनि जुत्ता फुकालेर यसपालीको दशैंको फूलपातीमा टिका लगाउन आउने भो । फिल्म हरिबहादुरको जुत्ता ।’
यो फिल्ममा सरोज ओली र मोहित आचार्यको लगानी छ । फिल्ममा हरिवंश आचार्य, मुरलिधर प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया