‘हर्ष’मा आँचल र खगेन्द्रको जोडी



फिल्म ‘हर्ष’को निर्माण हुने भएको छ । डेब्यू निर्देशक एकता पौडेलले यो फिल्मको निर्देशन गर्न लागेकी हुन् । एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भाञ्जी हुन् । निर्देशक पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छिन् ।

आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व बिषयमा स्नात्तकोत्तर गरेकी छिन् । यसका अलवा उनले छोटा फिल्म पनि बनाएकी छिन् ।

यो फिल्ममा नायक खगेन्द्र लामिछाने र नायिका आँचल शर्माको मुख्य भूमिका रहनेछ । दुबै कलाकारसँग निर्माणपक्षले कागजी संझौता गरिसकेको छ । ई प्राइम म्युजिकको व्यानरमा बन्न लागेको यो फिल्ममा प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गर्दैछन् । हिक्मत चोखल यो फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्मका अन्य कलाकारहरुको बारेमा केही समयपछि जानकारी दिने निर्माणपक्षको भनाई छ । आलोक शुक्लाको छायांकन रहने यो फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् ।

फिल्मको कथावस्तुको बारेमा पनि केही बताइएको छैन ।