यो वर्ष तीन वटा नेपाली फिल्म दशैंको फूलपातिमा रिलिज हुँदा निर्माताले शो नपाएको भन्दै गुनासो गरे । ३ वटा फिल्म रिलिज हुँदा पनि फिल्मले पर्याप्त शो पाउने अवस्था छैन ।
तर, आगामी वर्षको दशैंमा आधा दर्जन फिल्म रिलिजको तयारीमा छन् । यस्तो अवस्थामा प्रदर्शकहरुले कसरी शोको व्यवस्थापन गर्छन् भन्ने प्रश्न उब्जिएको छ ।
आउँदो वर्षको दशैंमा फिल्म ‘हरि बहादुरको जुत्ता’ पनि रिलिजमा आउने पक्का भएको छ । योसँगै करिब आधा दर्जन फिल्मले दशैंमा प्रदर्शन मिति तय गरेका छन् ।
यो मितिमा रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’ रिलिजमा आउँदैछ । यो फिल्ममा केदार घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी फाइनल भइसकेका छन् । रोहित एक शोज पाएपनि यही मितिमा आउने बताइरहेका छन् ।
यो मितिमा फिल्म ‘महाराजधिराज र परालको आगो’ पनि रिलिज गर्ने घोषणा निर्माताले गरिसकेका छन् ।
वुझिएअनुसार, यो मितिमा नायक समीर भट्टको ‘बलिदान वा १२ गाउँ २’ मध्ये एउटा फिल्म रिलिज हुनेछ । संभवत, ‘बलिदान’लाई यो मितिमा ल्याउने तयारी गरिएको वुझिएको छ ।
अशोक शर्माले निर्देशन गर्न लागेको फिल्म ‘त्रिपल एक्का’ पनि दशैंको फूलपातिमा रिलिज गर्ने तयारी गरिएको छ । यो फिल्ममा दयाहाङ राई, मिरुना मगर र खगेन्द्र लामिछानेले काम गर्ने पक्का भएको छ ।
यसरीहेर्दा, आधा दर्जन फिल्म दशैंमा आउने देखिएको छ । तर, यसपटक घटस्थापनाका लागि भने कसैले पनि प्रदर्शन मिति तय गरेका छैनन् । घटस्थापनामा फिल्म रिलिज गर्दा एक सातामै शोज काटिने भयले निर्माताहरु पछि हटेका हुन् ।
प्रतिक्रिया