‘लाज शरणम्’मा बालेनको र्याप, छोटो समयमै युट्युबको ट्रेन्डिङमा



मेयर बालेन शाहको स्वर, शब्द तथा संगीतमा तयार भएको फिल्म ‘लाज शरणम्’को गीतले युट्युबमा दर्शकको उत्कृष्ट साथ पाएको छ । यो गीत रिलिज भएको केही घन्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको थियो ।

‘नेपाल हाँसेको’ बोलको गीतमा नेपालको परिकल्पना गर्दै अहिलेको वर्तमान अवस्थालाई चित्रण गरिएको छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक बजारमा आएको हो ।

कमेडी सिरियल बनाउँदै आएको टिम ‘सक्किगोनी’को टिमले बनाएको यो फिल्ममा सिताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेत्र त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको अभिनय छ ।

कुमार कट्टेलले यो फिल्मको निर्देशन गरेका हुन् । जेपिटी क्रियशनको व्यानरमा निर्माण भएको फिल्ममा नविन श्रेष्ठको लगानी छ । फिल्ममा राम नरेश शाह र श्रृजना खड्काको सह–निर्माण छ । फागुनको १४ गतेबाट यो फिल्म दर्शकमाझ आउँदैछ ।