नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बुले ३६ दिनमा फिल्म ‘सोल्टिनी’को छायांकन सकाएका छन् । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरुलाई कैद गर्दै ३६ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले बताएको छ ।
इन्डक्ल्याप दृश्यमा फिल्मका मुख्य कलाकारहरु परीक्षा लिम्बु, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे । यो फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले फरक कथामा दर्शकलाई जोड्नका लागि कुनै पनि कसर बाँकी नराखेको निर्माणपक्षले बताएको छ ।
यो फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभाव विरुद्धको कथालाई उठान गरेको छ । फिल्ममा विल्सन विक्रम राई, सब्बु राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सपुतले ‘भिमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को पात्र निर्वाह गरेका छन् ।
प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको यो फिल्ममा सुशन प्रजापतिको छायांकन छ । प्लानेट थ्री फिल्मस्को प्रस्तुतिमा तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा रेजिना बिष्ट र संसार चौलागाँइको लगानी छ ।
यो फिल्मलाई आउँदो वर्षको असोज ३ गते रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।
प्रतिक्रिया