फिल्म ‘दुखी आत्मा’ भोलिदेखि रिलिजमा आउँदैछ । यो फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । देशका अधिकांश मल्टिप्लेक्सले यो फिल्मप्रति उच्च आशा देखाएका छन् । दुई महिनादेखि नेपाली बक्स अफिसमा फिल्मले गतिलो व्यापार नगरिरहेको समयमा यो फिल्मले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ ।
काठमाडौं बाहिर पनि यो फिल्मलाई सुखद शोज मिलेको छ ।
जसकाकारण, फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
फिल्मको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको साथ पाइसकेको छ । सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ ।
हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया