सरकारलाई चन्द्र भण्डारीको सुझाव : आफ्ना नागरिकलाई अनागरिक बन्न दिनुहुँदैन


नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्र भण्डारीले सरकारलाई आफ्ना नागरिकलाई अनागरिक बन्न नदिन सुझाव दिएका छन् । उनले अहिले नेपाली अनागरिक बनिरहेको टिप्पणी गर्दै यस्तो बताएका हुन् । भण्डारीले नेपाल बनाउन सकिने विश्वास जगाएका छन् ।

उनले भनेका छन्,‘दुःख गरेर सुख काट्न आफनो देश बनाउन सबै लाग्नुपर्दछ । हामीले गरे नहुने के छ र ? गम्भिर कुराले गम्भिर बहस र ब्यवहार खोजेको हुन्छ जसका लागि दिमाग खुला हुनुपर्दछ ।’

उनले फेशुबकमा लेखेका छन्-

नेपाली अनागरिक बन्दैछन !!! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस ! देश छाड्ने होडवाजीले होस !!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस !!! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !!! आफ्ना नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ ! जसरी हुन्छ देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने हाम्रो कर्तव्य हो। दुःख गरेर सुख काट्न आफनो देश बनाउन सबै लाग्नु पर्दछ ! हामीले गरे नहुने के छ ? (गम्भिर कुराले गम्भिर बहस र ब्यवहार खोजेको हुन्छ जसका लागि दिमाग खुला हुनु पर्दछ ।