काठमाडौं । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको जानकारी दिएका हुन्।
सरावगीले फेसबुकमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा एमालेको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको कुरा सम्पूर्णमा जानकारी गराउँदछु।’
उनको घोषणासँगै सरावगी एमालेबाट औपचारिक रूपमा अलग भएका छन्। यद्यपि, उनले पार्टी छाड्नुको कारण र आगामी राजनीतिक यात्राबारे भने सार्वजनिक वक्तव्यमा खुलाएका छैनन्।
वीरगञ्ज महानगरपालिकाको नेतृत्व गरिसकेका सरावगीको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

















प्रतिक्रिया