फिल्म ‘लाज शरणम्’लाई यूनिभर्सल सर्टिफिकेट मिलेको छ । यो फिल्मलाई चलचित्र जाँच पास समितीले यूनिभर्सल सर्टिफिकेट दिएको हो । अब, यो फिल्म हरेक वर्गका दर्शकले हेर्न पाउने भउका छन् । फिल्मको समय २ घन्टा ४० मिनेट लामो छ ।
फिल्म अब फागुनको १४ गतेबाट रिलिजमा आउने भएको छ । जेपिटी क्रियशनको व्यानरमा बनेको यो फिल्ममा कलाकार सिताराम कट्टेलले निर्वाह गरेको भूमिकासँग आफ्नो गेटअप मिलेको भन्दै पूर्वमन्त्री अफ्ताव आलमले मुद्दा दायर गरेका थिए ।
उनको मुद्दापछि अदालतले सेन्सर अघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो ।
कुमार कट्टेलको निर्देशनमा तयार भएको यो फिल्मको रिलिजका लागि अब बाटो खुलेको छ । फिल्ममा सिरियल ‘सक्किगोनी’का अधिकांश कलाकारहरुको मुख्य भूमिका छ । साथै, फिल्ममा सिताराम कट्टेल, विजय बराल, महेश त्रिपाठी, माला लिम्बु लगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको केही मिनेटको दृश्य काटिएको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया