काठमाडौं । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत र नेपालका विभिन्न ठाउँबाट नागाबाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।
अहिले पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् ।
प्रतिक्रिया