छात्रामाथि यौन शोषण गरेको आरोपमा शिक्षक पक्राउ


काठमाडौँ- छात्रामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले गोरखाका एक शिक्षक पक्राउ गरेको छ । जाजारकोटको नलगाड नगरपालिका ( ८ घर भई धार्चे गाउँपालिका २ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१५ वर्षीया आफ्नै छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

पछिल्लो पटक गत माघको २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो । घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका शिक्षकविरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।