काठमाडौँ- ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
गृह मन्त्रालयले गठन गरेको वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउनको लागि आग्रह गरेका छन्।
सोमबार राति जारी गरेको सूचनामा भट्टराईले भनेका छन्, ूनिर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याहरू समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भइ वार्ता र संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ।ू
गृह मन्त्रालयले गत माघ २० मा वार्ताटोली गठन गरेको थियो, तर दुई पटकको छलफलले टुङ्गो लगाउन नसकेको कारण वार्ता अघि बढ्न सकेको थिएन। ‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप पनि भएका छन्।
प्रतिक्रिया