अशोक शर्माको ‘डलब ट्रिपल’ पनि फूलपातीमा आउने



निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘डबल एक्का’को प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले आउँदो वर्षको दशैंको फूलपातिमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो ।

अशोश शर्मा र राजेश सिटौलाको कथा तथा पटकथा रहेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, वुद्दि तामाङ, रामप्रसाद खनाल, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

शम्भुजित बास्कोटाको संगीत रहेको फिल्ममा शान बस्न्यान्तको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको एक्सन, सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ ।

दशैंमा ‘बलिदान, हरि बहादुरको जुत्ता, माइतीघर’ लगायतका फिल्म रिलिज हुने घोषणा गरिसकिएको छ । यसैले, यो फिल्म पनि दशैंमा आउने भएपछि भिडन्त चर्को हुने देखिएको छ ।