मुगुको डाँफे होटलमा आगलागी पाँच घरटहरा नष्ट, पाहुनाको उद्धार


काठमाडौँ- मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा आगलागी भएको छ। छायानाथ रारा नगरपालिका(९ रारा ताल नजिक रहेको उक्त होटलमा आगलागी हुँदा पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी इन्स्पेक्टर अच्युतराज आचार्यका अनुसार आगलागी गएराति १ बजेतिर भएको थियो।

होटलमा दुई तले ढुंगामाटोले बनेको घर र चार वटा काठका घरटहरा जलेर नष्ट भएका छन्। आगलागीको घटनापछि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर ३स्५५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।

होटलमा रहेका पाहुनाहरू आगलागीको बारेमा थाहा पाएपछि होटलबाट बाहिर निस्किएका थिए, र केही पाहुनाहरूलाई सुरक्षित स्थानमा उद्धार गरिएको थियो। ती पाहुनाहरूलाई नजिकैका अन्य होटलहरूमा राखिएको जानकारी प्राप्त भएको छ।

मुगुका प्रमुख अधिकारीहरू घटनास्थलतर्फ प्रस्थान गरेका छन्। डाँफे होटल पूर्वसांसद गोपाल बमको स्वामित्वमा रहेको बताइएको छ।

यस घटनामा भएको सम्पत्ति क्षतिको मुल्यांकन र अन्य अनुसन्धान जारी रहेको छ।