पवन खतिवडा (म्याकुरी) की पूर्वपत्नी सुम्निमा खालिङ सडकमा बेहोस भेटिइन्


काठमाडौँ चर्चित युवा कमेडियन पवन खतिवडा म्याकुरी की पूर्वपत्नी सुम्निमा खालिङ काठमाडौंको कपनमा सडकमा बेहोस अवस्थामा भेटिइन्। उनलाई स्थानीयले पहेँलो पुल नजिक सडकमा लडिरहेको अवस्थामा देखेका थिए।

सुम्निमाले नशालु पदार्थ सेवन गरेर बेहोस भएको अनुमान गरिएको छ, तर आधिकारिक पुष्टि भने भएको छैन। सुम्निमा म्याकुरीसँग डिभोर्सपछि काठमाडौंमा आमा र बहिनीसँग बस्दै आएकी थिइन्। उनलाई मदिरा सेवनको आदत रहेको र यसअघि पनि सडकमा भौतारिएको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा पुगेकी एक स्थानीय महिला अनुसार, सुम्निमा बेहोस अवस्थामा सडकमा लडिरहेकी थिइन्। उनीहरुले घटनाबारे म्याकुरीलाई जानकारी दिनको लागि फोन गरेका थिए। म्याकुरीले फोन रिसिभ गरे पनि श्रीमतीको कुरा सुनिसकेपछि फोन काटेको बताइएको छ।

शर्मिला वाइवा, जो म्याकुरीसँगको समस्यामा मुछिएकी थिइन्, घटनास्थलमा पुगेकी थिइन् र प्रहरीलाई खबर गरिन। प्रहरी घटनास्थलमा आइपुगेपछि सुम्निमालाई कागतीपानी पिलाएर होसमा ल्याए। होसमा आएपछि उनले आफू म्याकुरीसँग वडा कार्यालयमा कागज गरेर अलग भएको बताइन्।

सुम्निमाले लामो समयदेखि मानसिक समस्याहरू झेलिरहेकी छन् र मदिराको कुलतमा पनि रहेको बताइएको छ। म्याकुरीले उनीलाई रिह्याबमा पठाउने प्रयास गरेका थिए, तर उनका समस्याहरू अझै समाधान भएका छैनन्।

यद्यपि, म्याकुरी र सुम्निमाको दाम्पत्य सम्बन्ध गत वर्ष टुटेको हो र उनीहरूले म्यादपत्रमा हस्ताक्षर गरेर अलग भएका थिए। म्याकुरी अहिले आफ्नो करियरमा फोकस्ड छन् र चर्चित टिभी रियालिटी शो ‘कमेडी दरबार’ मार्फत दर्शकलाई हँसाइरहेका छन्।