काठमाडौँ- बागमती प्रदेश सरकार अन्तर्गत गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्युबारे विपक्षी दलले संसदीय छानबिनको माग गरेका छन्।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, र राप्रपा संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले यस्तो माग उठाएका हुन्।
रवि थापाको मृत्युपछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी स्वलेख पत्र र सहकारी सम्बन्धी अडियो रेकर्डमा मन्त्री श्रेष्ठलगायतका नेताहरूको नाम मुछिएको र यस कारणले घटनालाई रहस्यमय बनाएको आरोप विपक्षी दलले लगाएका छन्।
तीन दलका नेताहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, यस घटनाको सबै पक्षबाट छानबिन हुनु अत्यन्त जरुरी छ। उनीहरूले मृतकका बारेमा निष्पक्ष छानबिनको लागि सहज वातावरण बनाउन मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने पनि माग गरेका छन्।
प्रतिक्रिया